‘क्यान’ लाई कांग्रेस महामन्त्री शर्माको प्रश्न- ‘खेलको नियम मान्नेले न्यायको नियम मान्नुपर्दैन ?’



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बलात्कार आरोपी क्रिकेर सन्दीप लामिछानेलाई खेलाउने गरी क्लोज क्याम्पमा फर्काएकोप्रति आपत्ति जनाएका छन् ।

महामन्त्री शर्माले सामाजिक संजालमा क्यानका अध्यक्षलाई समेत आफूले टेलिफोन गरेर खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्छ या पर्दैन भनेर प्रश्न गरेको उल्लेख गरेका छन् ।


‘क्यानका अध्यक्षलाई फोनमा सोधें- खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन ?,’

शर्माले प्रधानमन्त्री मातहत नै खेलकुद मन्त्रालय रहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पनि ध्यानाकर्षण गराएका छन् ।

शर्माले ट्वीटमार्फत भनेका छन्, ‘अहिले खेलकुद मन्त्री पनि प्रधानमन्त्री दाहाल नै हुनुहुन्छ । ध्यानाकर्षण गराउँदछु- कि सही भएको छ भने बधाई दिनोस्, कि `यो प्रकरणमा पनि´अदालत कुरौं, हतारको गल्ती सच्याउँ भन्नोस् ! तर मौनता जिम्मेवार जवाफ हुन्न ।’