कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने



काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने भएको छ । आइतबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उम्मेदवारी नदिने निर्णय गरेको हो ।

विपक्षी दलहरूसँगको छलफलपछि उम्मेदवारी नदिने निर्णयमा पुगिएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । यो सँगै राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार उर्मिला अर्याल निर्विरोध चयन हुने देखिएको छ ।


सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य अर्याललाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । उपाध्यक्षको मनोनयन दर्ता आज हुँदैछ । राष्ट्रियसभामा हाल ५८ सांसद छन् ।