सिन्धुली । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपति काँग्रेसकै उम्मेदवारले जित्ने दाबी गरेका छन् ।
नेपाली कांग्रेस सिन्धुली क्षेत्र नम्बर ’ख’ को प्रदेश १ ले आयोजना गरेको सहिदको सम्मान तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले राष्ट्रपति पाउनु पर्छ भन्नेमा आफू विश्वस्त नभएको बताउँदै काँग्रेसले राष्ट्रपति लिएरै छाड्ने बताए ।
उनले भने, ‘राष्ट्रपति पाउने होइन लिने हो, लिएर जितेर देखाउने हो । राष्ट्रपति कांग्रेसको उम्मेदवार हुन्छ र कांग्रेसको उम्मेदवारलाई जिताउँछौ भन्ने विश्वास दिलाउन चाहन्छु, उनले थपे, ‘राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवार हुन्छ र नेपाली कांग्रेसले जित्छ ।’