काठमाडौँ । नायिका करिश्मा मानन्धरले साइबर अपराधको आरोपमा उजुरी दिएपछि डिल्लीराम खनाललाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले खनाललाई नियन्त्रणमा लिएर सोधपुछ अघि बढाएको हो । साइबर ब्यूरोका एसपी तथा प्रवक्ता पशुपति रायले खनालमाथि अहिले सोधपुछ भइरहेको जानकारी दिए ।
गत माघ २४ गते मानन्धरले खनालविरुद्ध उजुरी दिएकी थिइन्। सामाजिक सञ्जाल तथा युट्युबमा विवादित अन्तर्वार्ता दिँदै चर्चामा आएका खनालले आफूमाथि विवादित अभिव्यक्ति दिएको करिश्माले बताएकी छिन् ।
खनालको अभिव्यक्तिले आफ्नो मानहानी भएको भन्दै नायिका मानन्धरले उजुरी दिएकी हुन्।