ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड बालकोटमा



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा प्रधानमन्त्री प्रचण्ड सत्तारुढ प्रमुख घटक एमाले अध्यक्षलाई भेट्न बालकोट पुगेका हुन्।

भेटमा राष्ट्रपति/उपराष्ट्रपति निर्वाचन, समसामयिक राजनीतिक परिस्थिति, मन्त्रिपरिषदलाई पूर्णता दिने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। राष्ट्रपति आफूले पाउनुपर्ने र गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिनुपर्ने पक्षमा एमाले छ तर गृह मन्त्रालय नपाएपछि रास्वपा सरकारबाट बाहिरीसकेको छ।


राष्ट्रपतिको निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको निर्वाचन चैत ३ मा हुँदैछ।