एमालेको सचिवालय बैठक जारी



काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शुरु भएको छ । केही बेरअघिबाट च्यासलस्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक शुरु भएको हो । बैठकमा फेरिएको राजनीतिक समीकरण तथा राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार तयलगायतका विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।

त्यस्तै सत्ता सहयात्री दल माओवादीले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेसँगै एमाले सरकारमा बस्ने वा नबस्ने भन्नेबारे पनि बैठकमा छलफल हुने बताइएको छ । आठ दलबीच कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति जिताउनेबारे शुक्रबार भएको सहमतिको विषयलाई लिएर छलफल गर्न एमालेले शनिबार बिहान सचिवालय बैठक बोलाएको हो ।