उच्चस्तरीय संयन्त्रको बैठक बालुवाटारमा जारी



काठमाडौँ । सरकार सञ्चालका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहि बेरअघि बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन, मन्त्रीपरिषदलाई पूर्णता लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । यसअघि शुक्रबार पनि संयन्त्रको बैठक बसेको थियो । तर उक्त बैठकमा राष्ट्रपति निर्वाचनबारे कुनै छलफल भएन् ।


बैठकमा प्रधानमन्त्री एवम् माओावादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्दने र रास्वपाका सभापति रवि लामिछाने सहभागी छन् ।