काठमाडौँ । सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सत्ता साझेदार तीन दल सहभागी हुन छाडेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संयोजक रहेको संयन्त्रको बैठक आज (आइतबार) बालुवाटारमा बसिरहेको छ ।
उक्त बैठकमा सत्ता साझेदार दल नगरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमत पार्टीबाट कोही पनि सहभागी छैनन् । केही दिनयता विकसित राजनीतिक घटनाक्रममा उनीहरु संयन्त्रको बैठकमा सहभागी नहुनुलाई अर्थपूर्ण रुपमा हेरिन थालिएको छ ।