काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् ।
बिहीबार सामाजिक संजालमार्फत सभापति लामिछानेले आफूलाई भन्न बाँकी र लेख्न बाँकी केही भए ती कुरा गरिहाल्न आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आजसम्मका लागि मात्रै हो । म अभिमन्यु होइन।’