काठमाडाैँ । सरकारले आन्दोलित यातायात मजदुरलाई वार्तामा बोलाएको छ । सोमबार विभिन्न माग राख्दै यातायात मजदुरका संघ, संगठनहरुले बालाजु बसपार्क क्षेत्रमा आन्दोलन गरेपछि विभागले वार्ता आह्वान गरेको हो ।
यातायात मजदुरले भोलिदेखि गाडी नचलाउने घोषणा गरेपछि यायायात व्यवसायी वार्तामा जुटेका हुन् । मंगलबार बिहान ८ बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ताका लागि आउन आन्दोलनरत पक्षलाई आह्वान गरिएको छ ।