अस्पताल बन्द गर्ने निर्णय फिर्ता लिन रास्वपाको आग्रह



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल चिकित्सक सङ्घलाई अस्पताल बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको छ ।

रास्वपाका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले आज एक विज्ञप्ति जारी गरी चिकित्सकमाथि प्रहरीद्वारा भएको कुटपिटको घटनाप्रति दुःख व्यक्त गर्दै चिकित्सक सङ्घलाई अस्पताल बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेका हुन् ।


“राष्ट्रपतिको सवारीको समयमा सर्वसाधारणको आवागमनलाई नियन्त्रण गर्ने नाममा आफ्नो काम सकेर घर फर्कने क्रममा एक कर्तव्यनिष्ट नागरिकलाई आवागमनमा रोक मात्र नलगाइ भौतिक कारबाहीसमेत हुनु अमानवीय घटना हो”, प्रवक्ता डा ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।