अलग अलग बिदा दिएर मुलुकलाई बैचारिक ध्रुबीकरणमा नफसाऔं : योगेश भट्टराई



काठमाडौँ । सरकारले जनयुद्ध दिवसको अवसरमा सोमवार देशभर सार्वजनिक बिदा दिएकाे छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी बिदामा कटौती गर्ने घोषणा सार्बजनिक गरेको एक हप्ता नबित्दै आजको मन्त्रिपरिषदले ‘जनयुद्ध दिवस’को अवसरमा बिदा दिएपछि बिभिन्न खाले टिका टिप्पणी सुरु भएको हो ।


यसैक्रममा नेकपा एमालेका नेता योगेश भट्टराईले पनि सरकारको सो बिदा दिने निर्णय प्रति टिप्पणी गरेका छन । उनले अलग अलग बिदा दिए मुलुकलाई अनावश्यक बैचारिक धुर्बिकरणमा फसाउन नहुने बताएका छन् ।

‘२००७ सालदेखिका सबै क्रान्ति, आन्दोलन तथा बिद्रोहको समस्टी र उच्चतम सफलता तथा गौरब स्वरुप गणतन्त्र र संबिधान दिवस मानिंदै आएको छ, अरु सबै यसकै अधिनस्थ हुनु,’ भटराईले प्रश्न गरेका छन, ‘फेरी अलग अलग बिदा किन रु मुलुकलाई अनावश्यक बैचारिक धुर्बिकरणमा नफसाऔ ।’