काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरूण चौधरीको निलम्बित सांसद पद फुकुवा भएको छ ।
सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त सांसद चौधरीलाई आममाफी दिएको पत्र पढेर सुनाएका छन् । योसँगै निलम्बित चौधरीको सांसद पद फुकुवा भएको हो ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले चौधरीलाई आममाफी दिएपछि रिहाइ भएका थिए । सांसद पद फुकुवा नभएपछि उनको नाम राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावलीमा समावेश थिएन ।
संसदमा जानकारी भएसँगै संसद सचिवालयले निर्वाचन कार्यालयलाई पत्र पठाएपछि उनको नाम मतदाता नामावलीमा समावेश हुनेछ । थारूहट आन्दोलनका क्रममा आगजनी मुद्दामा चौधरी जेल परेका थिए । उनी जेल परेपछि सांसद पद निलम्बित भएको थियो ।