काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठ सरकारले थारूलाई मात्रै अपराधी देखेको टिप्पणी गरेकी छन् ।
नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेपछि श्रेष्ठले उक्त टिप्पणी गरेकी हुन् । अरुणकुमार पक्राउ परेपछि उने सामाजिक सञ्जालमा स्टाटस लेख्दै सरकारलाई अफूहरुको समर्थन नचाहिने पनि बताएकी छन् ।
उनले लेखेकी छन्– ‘अपराधी थारूलाई मात्र देख्ने सरकारलाई हाम्रो समर्थन तिमिलाई चाहिँदैन रहेछ ।’ रञ्जिताको यस्तो स्टाटस आएको हो ।