लोटस आई अत्तरिया एलपीएलको च्याम्पियन



धनगढी । लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)को उपाधि अत्तरियाको लोटस आई इङ्लिस स्कुलले जितेको छ । शनिबार धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको फाइनलमा लोटस आईले सत्यवती एकेडेमीलाई हराएको हो ।

सातौँ संस्करणको विद्यालय स्तरीय १९ वर्षमुनीको राष्ट्रिय क्रिकेट प्रतियोगिता एलपीएलमा डिफेन्डिङ च्याम्पियने अत्तरियाकै सत्यवती एकेडेमीलाई ७ विकेटले पराजित भएको छ। सत्यवती एकेडेमीले दिएको ९२ रनको लक्ष्य लोटस आईले ३ विकेट गुमाएर ११ दशमलव ३ ओभरमै भेटायो । लोटस आईको ब्याटिङमा लक्की कडायतले सर्वाधिक ४१ रन बनाए।


उनले अविजित ३२ बलमा ७ चौका प्रहार गरे। आयुब चन्दले २८ तथा वीरेन्द्र नाथले १४ रन बनाए। सत्यवतीका बलर गौतम केसी र प्रतिक श्रेष्ठले १/१ विकेट लिए। टस जितेर ब्याटिङ गरेको सत्यवती एकेडेमीले १९ दशमलव १ ओभरमा सबै विकेट गुमायो।

सत्यवतीले ९१ रन मात्र बनायो। सत्यवतीका लागि ओपनर इमरान शेखले सर्वाधिक २७, कप्तान सुजन गौतमले १७ तथा सोनु अन्सारीले ११ रन बनाए। इमरान र सोनुले ३५ रनको साझेदारी गरेका थिए। लोटस आईको बलिङमा नरेन साउँद र प्रेम शाहले ४/४ विकेट लिए। प्लेयर अफ द म्याच घोषित साउँदले ४ ओभरमा मात्र ६ रन तथा शाहले ४ ओभरमा ८ रन खर्चिए। हिक्मत महरा र सुवास रावलले १/१ विकेट लिए।