राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा मोन्टी देसाइ



काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले मोन्टी देशाई नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त गरेको छ । एक महिना लामो प्रक्रिया पूरा गर्दै मन्त्रालयले भारतीय नागरिक मोन्टीलाई नियुक्त गरेको हो ।

प्रमुख प्रशिक्षक नियुक्त भए पनि मोन्टीसँग औपचारिक सम्झौता भने बाँकी नै छ । सम्झौता गरी मोन्टीले औपचारिक रुपमा प्रशिक्षण सुरु गर्ने राष्ट्रिय खेलकुद परिषद राखेपले जानकारी दिएको छ ।


मोन्टीले औपचारिक नियुक्ति नपाइ नै अघिल्लो साताको आइतबारदेखि नेपाल क्रिकेट टिमलाई आनौपचारिक प्रशिक्षण गराइरहेका छन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) संघ संस्था समन्वय शाखा प्रमुख चन्द्र राईले युवा तथा खेलकुद मन्त्रालयले पारित गरी आएको पत्र क्यानलाई पठाइसकिएको जानकारी दिए । ‘प्रारम्भिक सहमति आएको छ । अब सम्झौता गरी औपचारिक रुपमा प्रशिक्षण थाल्नु हुन्छ । थप केही प्रक्रियाहरु चल्दै गर्नेछन्,’ राईले भने ।