राष्ट्रपतिमा राष्ट्रिय सहमति गरेर सबैलाई स्वीकार्य हुनेगरी चयन गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ- प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिका आधारमा नयाँ राष्ट्रपति खोज्ने प्रयास भइरहेको बताएका छन् ।

पार्टीको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सक्रिय राजनीतिमा लागेको व्यक्तिलाई राष्ट्रपति बनाउँदा दुःख पाएको टिप्पणी गरे ।


 ‘राष्ट्रपतिमा राष्ट्रिय सहमति गरेर सबैलाई स्वीकार्य हुनेगरी चयन गर्नुपर्छ भन्ने हाम्रो चाहना छ । जसले हामी सबैका अनुभवहरूलाई करेक्सन गर्न सकोस् । हामीले गर्न खोजेका कामहरू संविधान र ऐनका कानुनलाई पालना गर्ने व्यक्ति भएमा सजिलो हुन्छ’ प्रचण्डको भनाई उदृढ गर्दै ति केन्द्रीय सदस्यले भने, ‘हामीले प्राप्त गरेका अनुभवले पनि राष्ट्रपति कुनै दलको इसारामा चल्दा के हुँदो रहेछ भन्ने राम्रोसँग भोगियौ । त्यसैले राष्ट्रपतिको विषयमा गहिरोगरी विचार गर्नुपर्ने अवस्था छ ।’