‘राष्ट्रपतिको सवारी हुने बेलामा बिरामी हुने को हो त्यो बिरामी ?’



राष्ट्रपतिको सवारी हिँड्ने बाटोमा
हिँड्ने
को हो त्यो डाक्टर ?!

राष्ट्रपतिको सवारी हुने बेलामा
बिरामी हुने
को हो त्यो बिरामी ?!


डाक्टर साहेब !
बिरामी चेक गर्न जानै थियो

एकघण्टा पछि गएको भए के हुन्थ्यो ?!
बिरामी साहेब !

बिरामी हुनै थियो
एकघण्टा पछि भएको भए के हुन्थ्यो ?!

अर्जुन पराजुली।