राष्ट्रपति निर्वाचनबारे छलफल गर्न पेरिसडाँमा माओवादी पदाधिकारी बैठक



काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ ।

केहीसमय अघि पार्टी मुख्यालय पेरिसडाँडामा सुरु पदाधिकारी बैठक जारी छ । फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा ठोस निर्णय गरिने बताइएको छ ।


बैठकमा माओवादी केन्द्रले भावी राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्नेबारे ठोस निर्णय गर्ने नेताहरुले बताएका छन् । माओवादी केन्द्रले आफुले भने राष्ट्रपतिमा उम्मेदवारी नदिने बताउदै आएको छ । राष्ट्रपति निर्वाचनमा माओवादी निर्णायक मानिएको छ ।

नेपाली कांग्रेस र एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने बताउँदै आएपनि माओवादीले जसलाई समर्थन गर्छ उसैको जित हुने भएकाले माओवादीलाई आफ्नो पक्षमा पार्न दुवै दल लागेका छन् ।