मधेस प्रदेशसभा बैठक बस्दै



जनकपुर। मधेस प्रदेशको प्रदेशसभा बैठक आज अपरान्ह २ बजेका लागि आह्वान गरिएको छ।

सभामुख रामचन्द्र मण्डलले आगामी फागुन २ गते मंगलबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।


गत ४ माघमा प्रदेश मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो। साे बैठक आजबाट सुरु हुन लागेको हो ।