मकाउको सीमापार सवारी आवागमन जनवरीमा उल्लेख्य बृद्धि



मकाउको सीमापार सवारी साधनको आवतजावत जनवरीमा वार्षिक रूपमा ४५ प्रतिशतले बढेको पाइएको छ ।

मकाउ विशेष प्रशासनिक क्षेत्र (एसएआर)ले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार ४३ लाख ११ वटा सीमापार यात्रा भएको देखिएको छ ।


तथ्याङ्क तथा जनगणना सेवाको पछिल्लो प्रतिवेदनले जनवरीमा बन्दरगाह कन्टेनराइज्ड कार्गोको कुल वजन वर्षको तुलनामा २०.२ प्रतिशतले घटेर ११ हाजर ५०१ टन भएको पनि उल्लेख गरेको छ ।

जनवरीमा आगमन र प्रस्थान गर्ने व्यावसायिक उडानहरूले कुल एक हजार यात्रा तय गरेको पाइएको छ जुन गत वर्षको तुलनामा १४.८ प्रतिशतले बढेको छ । यसैगरी जनवरीमा सवारी साधनको नयाँ दर्ता ३७.४ प्रतिशतले घटेर ७८४ पुगेको छ ।

जनवरीमा सवारी दुर्घटनाको सङ्ख्या गत वर्षको तुलनामा २ दशमलव ५ प्रतिशतले घटेर दुई जनाको ज्यान गएको र ३२७ जना घाइते भएको पनि प्रतिवेदनले उल्लेख गरेको छ ।