बालुवाटार बैठक : राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने सहमति



काठमाडौँ । दलहरुबीच राष्ट्रपति नेपाली कांग्रेसले दिने सहमति भएको छ ।

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस माओवादीसहितका दलको बैठकमा राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई साझा उम्मेदवारको रुपमा विजयी गराउने सहमति भएको हो ।


बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा साझा उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिएका छन् ।