प्रतिनिधिसभाबाट धन्यवाद प्रस्ताव पारित



काठमाडौँ । प्रतिनिधिसभा बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको सम्बोधनका लागि धन्यवादको प्रस्ताव पारित गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राखेका उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो ।


बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिद्वारा सङ्घीय संसद्को पहिलो अधिवेशनको दुवै सदनको संयुक्त बैठकलाई गरिएको सम्बोधनको प्रति टेबल गरेका थिए ।

बैठकमा सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

बैठकले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको सात दिन समयावधि थप गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक यही माघ २९ गते आइतबार दिनको ३ बजे बस्नेछ ।