काठमाडौँ । नेपाल टेलिकमले शुक्रबार सूचना जारी गर्दै विभिन्न तहमा कर्मचारीका लागि दरखास्त माग गरेको छ । टेलिकमले ३, ४, ६, ७, ८ र ९ तहमा दरखास्त माग गरेको छ ।
उपप्रबन्धक १, वरिष्ठ इन्जिनियर २, वरिष्ठ लेखा अधिकृत १, टेलिकम इन्जिनियर ५, टेलिकम इन्जिनियर कम्प्युटर २, टेलिकम इन्जिनियर इलेक्ट्रिकल १, इन्जिजियर सिभिल १, सहायक लेखा अधिकृत ३, सहायक प्रशासन अधिकृत २, सहायक व्पापार अधिकृत २, टेक्निसियन ६, सहायक ७ र जुनियर टेक्निसियन ९ जना माग गरिएको छ ।
दरखास्त बुझाउने अन्तिम मिति आगामी चैत २ गते र दोब्र दस्तुर तिरेर चैत ९ गतेसम्म तोकिएको शुक्रबार एक दैनिकमा प्रकाशित सूचनामा उल्लेख छ ।