नवनियुक्त तीन कुलपतिद्वारा पद तथा गोपनीयताको शपथ



काठमाडौँ । नवनियुक्त तीन जना कुलपतिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपतिमा नारदमणी हार्तम्छालीले शपथ ग्रहण गरेका हुन् ।


उनीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले उनीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामनासमेत दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।