तत्काल सरकार नछोड्ने रास्वपाको निर्णय, गृहमन्त्रीका लागि दुई दिन पर्खिने



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ । बिहीबार बसेको केन्द्रीय कमिटी र संसदीय दलको बैठकले सरकार नछाड्ने निर्णय गरेको हो ।

बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माग सम्बोधन गर्न दुई दिन समय मागेकाले त्यतिबेलासम्म पर्खिने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।


माघ १३ गते नागरिकताको मुद्दामा अदालतको फैसलाले उपप्रधानसहित गृहमन्त्री रहेका रवि लामिछानेले पद गुमाएका थिए ।

रास्वपाले गृहमन्त्री माग गरेको थियो । मन्त्रिपरिषदमा रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की रहेका छन् ।