घरमा आगलागी हुँदा पाँचथरमा दुई बालकको मृत्यु



पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ स्थित एक घरमा आगलागी हुँदा दुई बालकको जलेर मृत्यु भएको छ ।

प्रेम पन्थाकको घरमा आगलागी हुँदा हिलिहाङ–५ का श्रण पन्थाकका ५ वर्षीय छोरा सेसेहाङ पन्थाक र फिदिम–५ का सन्तोष खातीको ४ वर्षीय छोरा निशान खातीको मृत्यु भएको प्रहरीले जनाएको छ ।


अपरान्ह ४ बजेको समयमा पन्थाकको घरको मचानमा उनीहरुको शव जलेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हरि खतिवडाले जानकारी दिए । जलेर मृत्यु भएका सेसेहाङ घरमुली प्रेमको भतिजो र खाती छोरीको छोरा भएको प्रहरीले जनाएको छ ।

परिवारका सदस्य काममा गएका बेला घरमा आगलागी भएको प्रहरीको भनाइ छ । खरले छाएको घरमा आगलागी भएको थियो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।