ग्यास विस्फोटमा घाइते भएका कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै



काठमाडौँ । ग्यास सिलिण्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई भारत लैजाने तयारी गरिएको छ ।

बुधबार राति बुद्धनगरस्थित निवासमै खाना पकाउने ग्यास पड्किएर जलेका सांसद भण्डारी र उनका आमा हरिकला भण्डारीको कीर्तिपूर अस्पतालमा उपचार भइरहेको छ ।


आमालाई बचाउने क्रममा भण्डारीको शरीरमा पनि आगो लागेको थियो । सांसद भण्डारीको २५ प्रतिशत शरीर जलेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । आमाको भने ७० प्रतिशत शरीर जलेकाले अवस्था गम्भीर रहेको बताइएको छ ।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै थप उपचार नेपालमा सहज नहुने भएकोले दुवै जनालाई भारत लगी उपचार गर्न सिफारिस गरिएको उल्लेख गरेको छ ।