उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित गरेर ओली र प्रचण्ड छलफलमा



काठमाडौँ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित भएको छ । बिहीबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो ।

सयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्माबीचबीच बालुवाटारमा छलफल भइरहेको छ ।एमालेको सचिवालय बैठकपछि अध्यक्ष ओली प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री कार्यालय पुगेका हुन् ।


दुई नेताबीच राष्ट्रपति निर्वाचन, रास्वपाले सरकार छाडेपछिको परिस्थिति, सुदुरपश्चिम प्रदेश सरकारलगायतको विषयमा छलफल भइरहेको बताइएको छ । पछिल्लो समय ओली र प्रधानमन्त्रीबीच दिनहुँजसो भेटघाट हुन थालेको छ । राष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने ओलीको भनाई र राष्ट्रिय सहमति खोज्नुपर्ने प्रधानमन्त्रीको भनाईले उनीहरुबीच अविश्वास बढ्दै गएको बताइन्छ ।