सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसहित दुई मन्त्रीले लिए शपथ



धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिँह रावलले शपथ खाएका छन्। मुख्यमन्त्री रावललाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको सपथ खुवाएका हुन्।

बिहीबार साँझ प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री रावलले पद तथा गोपनीयताको सपथ लिएका छन्। मुख्यमन्त्री रावलले अन्य दुई मन्त्रीलाई शपथ खुवाएका छन्।


उनले माओवादी केन्द्रको दलको नेता खगराज भट्ट र एमाले दलको उपनेता सन्तोष थापालाई मन्त्रीमा शपथ खुवाएका हुन्। उनीहरुको मन्त्रालय तोकिएको छैन ।