सामाखुसी पेट्रोल पम्प नजिक लागेको आगलागी नियन्त्रणमा



काठमाडौँ । काठमाडौँको सामाखुसी चोकस्थित आकाश जोगिनी पेट्रोलपम्प नजिक लागेको आगलागी नियन्त्रणमा आएको छ ।

टोखा नगरपालिका–१० मा पर्ने उक्त स्थानमा शुक्रबार राति आगलागी भएको हो । राति ८ बजे लागेको आगलागी ९ बजे पूर्णरुपमा नियन्त्रणमा आएकोे जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले राससलाई जानकारी दिए ।


आगलागी नियन्त्रणमा लिन काठमाडौँ महानगरपालिकाबाट एक, बालाजु औद्योगिक क्षेत्रबाट एक, बूढानीलकण्ठ नगरपालिकाको एक र प्रहरी वाटर क्यानन एक गरी चार वटा दमकल र पाँच वटा पानीको ट्याङ्कर प्रयोग गरिएको थियो ।