सभामुख घिमिरेद्वारा शहीदप्रति श्रद्धाञ्जली अर्पण



काठमाडाैँ । नवनिर्वाचित सभामुख देवराज घिमिरेले लैनचौरस्थित शहीद स्मृति स्मारक गएर शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथग्रहण पश्चात् उनी स्मारकस्थलमा गएका थिए ।


सभामुख घिमिरेले शहीदको सम्झनामा बनाइएको स्मारकमा माल्यार्पण गर्नाका साथै एक मिनेट मौनधारणसमेत गरेका थिए