काठमाडौँ । उच्च अदालतको आदेशसँगै रिहा हुन लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुनः राष्ट्रिय टोलीमा फर्काउने तयारी गरिएको छ । उच्चले २१ लाख धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीपलाई पुनः टोलीमा सहभागी गराउने तयारी थालेको जनाएको छ ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपजस्तो खेलाडी राष्ट्रिय टोलीमा आवश्यक भएकोले फिटनेस हेरेर उनलाई पुनः टिममा फार्काइने बताए । सन्दीप राष्ट्रिय टिममा फर्किए पनि देशबाहिर हुने खेलका लागि भने जान पाउने छैनन् । तर पुरुष क्रिकेट विश्वकप डिभिजन– २ केही खेल भने नेपालमै हुँदैछ ।
बाँकी खेलका लागि लामिछानेलाई टोलीमा फर्काउने चन्दले संकेत गरेका छन् । आरोप लागेसँगै क्यानले लामिनेछानेलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बन गरेको थियो ।