संसदमा रविको पहिलो सम्बोधन : म र मसम्वद्ध दलबाट अनिमियता हुने छैन



काठमाडाैँ । उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्को पहिलो सम्बोधनमा आफू र  आफूसम्वद्ध दलका सांसदबाट कुनै गल्ती नगर्ने प्रतिवद्धता जनाएका छन् ।

जननिर्वाचित प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उक्त प्रतिबद्ता जनाएका हुन् । ‘म र मसम्वद्ध दलबाट कुनै अनिमियता हुने छैन, कुनै काण्डमा नमुछिने वाचा गर्छु । यदि अनियमिता भएको खण्डमा निर्मम सजाय दिन अनुरोध गर्दछु ।’


सम्बोधनको क्रममा उनले सरकारका प्राथमिकतालई मध्यनजर गर्दै काम सुरू भइसकेको जनाए । लामिछानेले गृहमन्त्री, सांसद् एवं जनप्रतिनिधी जिम्वेवार बन्यो भने मात्रै सरकारका न्युनतम कार्यक्रम सम्पन्न हुन सरकारलाई मदत पुग्ने बताउँदै आफ्नो पार्टी सरकारको सपोर्टमा निरन्तर हुने उल्लेख गरे । साथै उनले भ्रष्टाचारका छानिविन र अपराधमा कसैले पनि प्रभाव र दवाव सिर्जना नगरिदिन अनुरोध गरेका छन् ।

गृहमन्त्री लामिछानेले यसअघि भएका भ्रष्टाचारका घटनाको छानबिनमा पनि संसद् क्रियाशील हुनुपर्ने उनले बताए । ‘कुनै अपराध छानबिनमा आफ्ना मान्छे छुटाउन दबाब नदिनुहोला’ उनले भने ।

विधिको शासन पालना गराउन सबैले सहयोग गर्नुपर्ने भन्दै गृहमन्त्री लामिछानेले आफ्नो दलका नेता र सांसद अनियमिततामा सहभागी नहुने र नागरिकलाई दुख नदिने बताए । ‘मुलुक र मुलुकवासीका लागि हिजो गरेका वाचा पूरा गर्न तयार भएका छौं’ उनले भने, ‘हाम्रो सांसदहरूको सांसदका कारण शिर झुकाउनपर्ने छैन ।