संविधान च्यात्न पूर्वप्रधानमन्त्री नै ढुकेर बसिरहनुभएको छ : सांसद चौधरी



काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले संसद्‍मा संविधान च्यात्न र मास्न खोज्नेहरूको उपस्थिति जबरजस्ती बलियो बनिरहेको औंल्याएका छन् ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा उपसभामुखकी उम्मेदवार मुक्ताकुमारी यादवलाई समर्थन गर्दै नेता चौधरीले संविधान नष्ट गर्नका लागि पूर्वप्रधानमन्त्री नै ढुकेर बसेको टिप्पणी गरे ।


उनले भने, ‘संविधानलाई नष्ट गर्नका लागि पूर्वप्रधानमन्त्री ढुकेर बसिरहनुभएको छ । नाम त सबैलाई थाहै छ । त्यस्ता व्यक्तिहरूको उपस्थिति संसद्‍मा महत्त्वपूर्ण भयो भने फेरि संविधान च्यात्ने काम हुनसक्छ, संविधान धुजाधुजा हुनसक्छ ।’

नेता चौधरीले संविधानको व्यवस्थाबमोजिम प्रतिनिधिसभाको उपसभामुखमा सांसद मुक्ताकुमारी यादव उपयुक्त हुने बताए ।