लुम्बिनीमा सरकार गठनका लागि आह्वान, २७ गतेभित्र दावी पेस गर्नुपर्ने



दाङ । लुम्बिनीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेका छन् । प्रदेश प्रमुख शेरचनले आज (बिहीबार) पुस २७ गते बुधवार ४ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख शेरचनले प्रदेश सभामा कुनै दलको बहुमत नआएकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा समयभित्र बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेश गर्न आह्वान गरेका हुन् ।