राष्ट्रपति पद मेरा लागि होइनः डा. सन्दुक रुइत



काठमाडौँ । वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतले राष्ट्रपति पद आफ्नो लागि नभएको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गरी डा. रुइतले राष्ट्रपति पदमा आफू इच्छुक नरहेको बताएका हुन् ।

उनले राष्ट्रपति पदमा गएर भन्दा आफूले बाहिर रहेर नै रहेर धेरै कामहरु गर्न बाँकी रहेको बताए । राष्ट्रपति पदलाई राम्रो बनाउनका लागि गर्नुपर्ने धेरै कामहरु रहेको पनि उनले बताए ।


उनले भने, ‘लोकतन्त्रमा राष्ट्रपतिको गरिमा निकै ठूलो हुन्छ, चाहे रबरस्टाम्प नै किन नहोस् । हामी सबै मिलेर राष्ट्रपतिको गरिमा बढाउनुपर्ने छ । भारतमा कस्तो छ राष्ट्रपतिको पद, त्यसलाई पनि हेर्नुपर्छ । तर यो मेरो लागि होइन ।’

हामीले अझैपनि नेपालमा पहुँच नपुगेका धेरै ठाउँमा स्वास्थ्यको पहुँच बिस्तार गर्नुपर्ने बताए । डा. रुइतले बहराइनको १० लाख डलरको प्रतिष्ठित इशा अवार्ड पाएका छन् ।