काठमाडौँ । सर्वोच्च अदालतको फैसलासँगै पदमुक्त भएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् ।
शुक्रबार साँझ बालुवाटार पुगेर उनले राजीनामा बुझाएका हुन् ।
यसअघि सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेविरुद्ध दायर मुद्दामा सुनुवाई गर्दै सांसद पद खारेज गरेको थियो ।