मिटरब्याजी समस्या समाधान गर्छुः प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन् ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मिटरब्याजी समस्याबाट पीडित किसानहरूसँग भेट गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।


उनले भने, ‘अघिल्लो सरकारसँग भएको सम्झौता हेर्छ। मिटरब्याजी समस्याले हजारौँ किसानहरू पीडित हुनुभएको छ। यसलाई मैले राम्रोसँग बुझेको छु। यसपटक तपाईहरूको समस्या समाधान गर्ने कुरा मेरो प्राथमिकतामा छ, म समाधान गर्छु।’

प्रधानमन्त्रीसँग भेटमा किसानका प्रतिनिधिहरूले वर्तमान सरकार किसानको प्रतिनिधि सरकार भएकाले आफूहरूका समस्या समाधान हुने विश्वास व्यक्त गरेका थिए ।