म दौरासुरुवालको विरोधी होइन : प्रधानमन्त्री दाहाल



काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू दौरासुरुवालको विरोधी नरहेको बताएका छन्। 

संसद बैठकमा विश्वासको मतका विषयमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले परिस्थितिले दौरासुरुवाल नलगाएको भए पनि आफू दौरासुरुवाल विरोधी नहरेको बताए। 


दौरा सुरुवाल आम नेपालीको पहिरन जस्तो भएकाले पनि त्यसलाई स्वीकार गरेको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्रीले भन्नुभयो, “म दौरा सुरुवाल कोटको विरोधी होइन तर, त्यो लगाउने अवसर जुरेको थिएन ।”

प्रधानमन्त्री बन्न समर्थन जुटेपछि आफूसँग जोडिएका धेरैले प्रधानमन्त्री हुँदा दौरासुरुवालमा हेर्न चाहाना राखेको पाएको पनि प्रचण्डले बताए। राष्ट्रपतिदेखि आफ्नै साथीहरूले पनि दौरासुरुवालमा हेर्न चाहना राखेको पाएको उनले बताए। 

प्रधानमन्त्री प्रचण्डले भने, ‘राष्ट्रपतिले तपाइँलाई दौरासुरुवालमा हेर्न मन छ भन्नुभएको थियो। केपी ओली, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने जीहरूले पनि तपाइँलाई दौरासुरुवालमा हेर्न मन छ भन्नुभएको थियो। धेरैको चाहना अनुसार नै मैले पनि दौरा सुरुवाल लगाएँ। अहिले पनि लगाएको छु। मैले पहिलेदेखि भन्दै आएको पनि छु म दौरासुरुवालको विरोधी होइन है।’

दौरासुरुवालमा बानी पर्दै गएको बताउँदै प्रचण्डले भने, ‘मैले दौरा सुरुवाल लगाउने भन्ने विषय सञ्चारमाध्यममा पनि जोड तोडका रुपमा आयो। मैले हेरेँ, कमेन्ट पनि पढेँ। अहिले म दौरा सुरुवाल लगाइरहेको छु । बानी पर्दै पनि छु।’