जनकपुरधाम । नेकपा माओवादी केन्द्र मधेस प्रदेश संसदीय दलको नेतामा भरतप्रसाद साह निर्वाचित भएका छन् । शुक्रबार बिहान भएको निर्वाचनमा उनले अर्का उम्मेदवार युवराज भट्टराईलाई पराजित गरेका हुन् ।
सहमतिका लागि अधिकतम प्रयास भए पनि अन्ततः निर्वाचत गर्नु परेकामा साहले चार र भट्टराईले तीन मत प्राप्त गरेकाे जनाइएको छ । माओवादी केन्द्रबाट मधेस प्रदेशसभामा नौजना सदस्य रहे पनि दुई निलम्बनमा छन् ।