मकवानपुर । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । १४ बाट घटाएर ११ मन्त्रालय बनाएका मुख्यमन्त्री जमकट्टेलले आज नयाँ मन्त्रिहरुलाई नियुक्त गर्ने भएका हुन् ।
नयाँ मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम आज २ बजेका लागि तय भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । मुख्यमन्त्री जम्कट्टेलको अध्यक्षतामा यही पुस २६ गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो ।