प्रधानमन्त्रीले बोलाए मन्त्रालयका सचिवको बैठक



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विभिन्न मन्त्रालयका सचिवहरुको बैठक बोलाएका छन्।

मन्त्रीविहीन मन्त्रालयहरुको अवस्थाबारे जानकारी लिन उनले बिहान ११ बजे सिंहदरबारमा सचिवहरुको बैठक बोलाएका हुन्।


आजको बैठकमा सचिवहरुलाई नै प्रभावकारी ढंगले काम गर्न निर्देशन दिने गरी तयारी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

गत सोमबार प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका प्रचण्डले एक सातापछि पहिलो पटक सचिवहरुसँग छलफल गर्न लागेका हुन्।