प्रदेश १ सरकारको पहिलो बैठकः १४ वटा मन्त्रालयलाई घटाएर ९ वटा बनाउने निर्णय



विराटनगर । प्रदेश १ सरकारले मन्त्रालय संख्या घटाउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले मन्त्रालयको संख्या १४ वटाबाट घटाएर ९ वटा बनाउने निर्णय गरेको हो ।

मन्त्रालय धेरै भए भन्ने गुनासो आइरहेको भन्दै मन्त्रालय संख्या घटाएको मन्त्री भक्ति सिटौलाले जानकारी दिए । बैठकले प्रशासनिक सुधार गर्ने, सार्वजनिक खर्च कटौती गरी मितव्ययिता कायम गर्ने र शीतलहरबाट जनतालाई जोगाउन पूर्व तयारी गर्ने निर्णय गरेको छ ।


यस्तै सेवा प्रवाह सुधार ल्याउन प्रमुख सचिवको नेतृत्व २१ दिनभित्र प्रतिवेदन बुझाउने गरी सुधार समिति गठन गर्ने लगायतको निर्णय गरेको हो ।