प्रदेश–१ मा आज मुख्यमन्त्रीका लागि दावी पेस गर्ने अन्तिम दिन



विराटनगर । प्रदेश–१ मा सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज (आइतबार) साँझ ५ बजे सकिँदैछ ।

सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले आइतबार ५ बजेसम्मका लागि समय दिएका छन्। बेलुकीसम्म मुख्यमन्त्रीका लागि दलहरुले दावी पेश गर्ने तयारी गरिरहेका छन्।


९३ सदस्यीय प्रदेश १ मा सरकार गठनका लागि ४७ जना प्रदेशसभा सदस्य आवश्यक पर्दछ । प्रदेश एकमा अहिलेको सत्ता साझेदार दलकै सरकार बन्ने सम्भावना छ।

नेकपा एमाले र माओवादी केन्द्र दुवैले मुख्यमन्त्रीमा दाबी गरेका छन्। जहाँ नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३ सांसद छन् ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टीका एक जना प्रदेशसभा सदस्य छन्।