काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन्।
आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले दिउँसो १ बजे प्रदेशसभामा विश्वासको मत लिने कार्यक्रम रहेको छ।
९३ सदस्यीय प्रदेशसभामा ६० जना सांसदको समर्थनसहित कार्की मुख्यमन्त्री बनेका हुन् । नेकपा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक जना सांसदको समर्थन छ। कांग्रेसका २९ र नेकपा एकीकृत समाजवादी पार्टीका ४ सांसद प्रतिपक्षमा बस्नेछन्।