प्रचण्डप्रति राजकिशोरको व्यांग्य : लभ मधेससँग, लिभिङ टुगेदर कांग्रेससँग र लगनगाँठो एमालेसँग



काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का नेता राजकिशोर यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यवहारप्रति व्यांग्य गरेका छन् । आफूहरूले विश्वासको मत दिएर सरकार गठनमा समर्थन जनाउँदा पनि सोही अनुसारको व्यवहार नभएको बताए ।

प्रतिनिधि सभाको शनिबारको बैठकमा उपसभामुख निर्वाचनका लागि सत्ता गठबन्धनकी उम्मेदवार इन्दिरा रानालाई समर्थन गर्दै जसपा सांसद यादवले प्रचण्डले पटक पटक मधेससँग आफ्नो लभ परेको बताए पनि बिहे अर्कैसँग गरेका बताए ।


यादवले भने, ‘प्रचण्ड जीले लभ मधेससँग गर्छु भन्नुभयो । तर लिभिङ टुगेदर कांग्रेससँग र बिहे एमालेसँग गर्नुभयो । उनले थारु र मधेसीलाई दिएको आश्वासन र लडाइमा लगाएको मूल्य प्रचण्डले तिर्ने बेला आएको बताए ।