पब्जी विश्वकपमा नेपाली टिम उपविजेता



काठमाडौँ । पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा २०२२ मा नेपाली टिम उपविजेता बनेको छ । आइतबार इन्डोनेसियाको जाकारतामा भएको खेलमा नेपालको डीआरएस टिम टर्कीको एसटूजीसँग पराजित भएको हो ।

फाइनल चरणको खेलमा एसटूजीले १९० अंक जोड्यो भने नेपाली टिम डीआरएसले १५८ अंक मात्र जोड्यो । विजेता एसटूजीले ५ लाख ८४ हजार अमेरिकी डलर पाएका छन् भने उपविजेता डीआरएसले २ लाख ९२ हजार अमेरिकी डलर पुरस्कार पाएको छ ।


फाइनल पुगेको नेपालकै अर्को टिम टिटुके भने १३ औं स्थानमा आएको छ । टिटुकेले ११२ अंक जोडेर एक लाख ३२ हजार ५०० अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ ।