नेपाली पहिरनमा अभिनेत्री मलाइकाको र्‍याम्प वाक



काठमाडौँ । भारतीय अभिनेत्री मलाइका अरोरा नेपाल जेम एण्ड ज्वेलरी एसोसिएसनद्वारा बिहीबार काठमाडौँमा आयोजित ‘फेशन रनवे एक्स्पो’मा सहभागी भएकी छन् ।

बिहीबार नै नेपाल आएकी उनले नेपाल रत्न तथा आभूषण संघले आयोजना गरेको जेम एन्ड ज्वेलरी एक्सपोमा र्‍याम्प वाक गरेकी हुन् । ज्वेलरी फेसन शोमा मलाइकाले नेपाली पोशाक र गहनामा सजिएर र्‍याम्प वाक गरेकी हुन् ।


उनले नेपाल आउन पाउँदा निकै खुसी लागेको भन्दै निमन्त्रणका लागि धन्यवाद दिएकी छन् । उनले यसपटक थोरै समय मात्र नेपालमा बिताउने जानकारी दिँदै नेपालमा बसेको समयलाई विशेष बनाउने बताएकी छन्।