काठमाडौँ । काठमाडौँ र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा रिट निवेदकको तर्फबाट आज जवाफी बहस हुँदैछ ।
बुधबारदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सुरु भएपनि जवाफी बहसको समय नभएकाले मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको हो । बुधबार रिट निवेदक र विपक्षी तर्फका कानुन व्यवसायीको बहस गरेका थिए । सम्भवतः आजै अदालतले एउटा निर्णय दिनेछ ।
लामिछानेले अमेरिकी नागरिकता तथा पासपोर्ट त्याग नगरी राजनीतिक दल दर्ता गरेको, निर्वाचनमा प्रतिस्पर्धा गरेको तथा निर्वाचित भएको भन्दै उनको सांसद पद खारेजी लगायतका कारबाहीको माग गर्दै सर्वोच्चमा छुट्टा–छुट्टै २ रिट निवेदन दर्ता भएका थिए ।
अधिवक्ता रविराज बसौला समेत तथा युवराज पौडेलले दायर गरेको रिटमा बुधबारदेखि संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सुरु भएको थियो। यो मुद्दाले राष्ट्रिय स्वतन्त्र पार्टीको भविष्य र लामिछानेको सांसद तथा मन्त्री पदको निरन्तरता तय गर्ने छ।